२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए, चार जनाको मृत्यु; सरकारले पीसीआरको शुल्क घटायो

काठमाडौं, माघ ५ गते । नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाँच हजार ३३१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बुधबार भएको सङ्क्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सरकारले पीसीआरको शुल्क घटायो

सरकारले कोभिड– १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार साप्ताहिक पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिनुभएको हो ।

यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो । मन्त्रालयको कोभिड १९ प्रेस बिफिङमा डा.अधिकारीले सरकारी ल्याबमा एक हजार शुल्क समायोजन गरेर ८ र निजी ल्याबमा दुई हजारलाई समायोजन गरेर एक हजार बनाउने बताउनुभयो । यो शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter