काम गरे आफ्नै देशमा मनग्य आम्दानी

नवीन शिशिर विक / बागलुङ, माघ ६ गते । बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखरा डहरेका बलबहादुर केसीको जीवनको ऊर्जाशील बाह्र बर्ष रोजगारीको क्रममा साउदीमा बित्यो । छरछिमेकमा जान्ने सुन्ने, समाजसेवी, नेताहरुलाई काम मिलाउन आग्रह गरे पनि पार नलागेपछि उहाँ साउदी साउदी हान्निनुभयो । साउदीमा रहँदा उहाँले भेडा गोठालोको काम गर्नुभयो ।

आफ्नो गाउँघरमा गाईभैसी, भेडा, बाख्राको गोठालो गर्दा सानो मान्छे गनिने, इज्जत नहुने सोच, साउदी पुगेपछि उहाँमा परिवर्तन भयो । उहाँले व्यवसायिक भेडा बाख्रा कसरी पाल्न सकिन्छ भन्ने शिक्षा प्राप्त गरेर नेपाल फर्कनुभयो । गाउँमा कामविहिन भएर साउदी पुग्नु परेको पीडा बिर्सन उहाँले आफ्नै ठाउँमा स्वरोजगार बन्ने आँट गर्नुभयो ।

केसी नेपाल फर्केर अहिले आफ्नै गाउँमा आधुनिक खोर निर्माण गरी व्यवसायिक बाख्रा पालन थाल्नुभएको छ । स्थानीय र बोयर जातका गरी ४५ वटा बाख्रा उहाँका छन् । विगत तीन बर्षदेखि केसीले बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिव १५ लाख रुपियाँ लगानी भएको केसीले बताउनुभयो । उहाँले बार्षिक २० वटासम्म बोका विक्री गर्दैआउनुभएको छ । एउटा बोका २० देखि ३० हजार रुपियाँसम्म विक्री हुन्छ ।

खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उहाँले बताउनुभयो । साउदी जानुअघि कामविहिन भएर गाउँ डुल्थे’ केसीले भन्नुभयो– ‘साउदी गएपछि मेहन र परिश्रम गरे आफ्नै ठाउँमा आम्दानी गर्न सक्ने शिक्षा प्राप्तभयो । कुनै पनि कामलाई सम्मान गर्न सके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाई छ । केसीलाई अहिले गाउँ डुल्ने फुर्सद छैन ।

‘पहिलो गोठाले जीवनलाई गलत ठानियो’ उहाँले भन्नुभयो– ‘सबैले सबैको कामलाई सम्मान गरौँ, काम सानो ठूलो हुँदो रहेनछ ।’ केसीले कृषि तथा पशुपालन फर्म दर्ता गरेर सञ्चालन गर्नुभएको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०–५० हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको उहाँले बताउनुभयो ।

अहिले बाख्राको संख्या बढाउनेतर्फ ध्यान केन्द्रीत गरेको केसीको भनाई छ । करिव दुईसय बाख्रा पाल्ने लक्ष्य रहेको छ । केसीले दुईवटा उन्नत बोयर जातको बोका लिएर उन्नत जातका बाख्राको संख्या वृद्धि गर्न थालेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter