२४ घण्टामा आठ हजार ८१५ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, माघ ७ गते । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा हालसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter