तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री बनाउन मुख्यमन्त्रीको निर्देशन

अमराज नहर्की / तनहुँ, माघ ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । शनिबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि आयोजित ब्रिफिङ कार्यक्रममा सो कुरा बताउनुभएको हो । स्थलगत अवलोकन गरेर उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिबारेमा जानकारी लिनुभएको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुक्त आयोजना निकै महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।

‘यहाँको समाजसँग अझै घुलमिल बन्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गरेर अपनत्व बढाउनुपर्छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । स्थानीयको जीवनस्तर उकास्ने, विस्थापित परिवारलाई रोजगारी दिने सन्देश दिनको लागि सबैको जिम्मेवारी भएको पोखरेलले बताउनुभयो ।

कार्यान्वयनमा अघि बढेको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै स्रोत साधन, प्रशासनिक र स्थानीय कुनै पनि कारणले ढिलो हुन नहुने उहाँको भनाइ छ । तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग मुख्यमन्त्री पोखरेलले कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले ढिलो हुँदा लागत बढ्ने हुँदा समयमै कसरी काम गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न उपयुक्त हुने बताउनुभयो ।

आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने गरी काम गर्न भनिएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विद्युत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभाव रहे पनि आयोजनाको प्रभाव ठूलो नहुने बताइएको छ ।

एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर गरेर वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter