अनुमति बिना खाल्डो खन्दा गैंडा मर्‍यो, सडकसँग स्पष्टीकरण माग्दै निकुञ्ज

छेटु शेर्पा / काठमाडौं, माघ १० गते । गैंडाको मुख्य करिडोर रहेको भरपुर चितवनको टिकौली सडक आसपासमा निर्माण गरिएको खाल्डोमा परेर आइतबार पोथी गैंडाको मृत्यु भयो । चितवन राष्ट्रिय निकुञ्जको सिमाना रहेको यस सडकमा विना अनुमति भौतिक संरचना निर्माण गरिँदा वन्यजन्तुको पासो बनेको भन्दै निकुञ्जले सडकसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ । यस क्षेत्रलाई संरक्षित वन्यजन्तुको हबकै रुपमा लिने गरिएको छ ।

भौतिक संरचना निर्माण अघि निकुञ्जसँग परामर्श मात्र गरेको भए दुर्घटना नहुने भन्दै यसमा सडक कार्यालयले वन्यजन्तुलाई बेवास्ता गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख हरिभद्र आचार्यले बताउनुभयो । भौतिक संरचना निर्माण अघि कार्यालयले निकुन्जसँग परामर्श नगर्नु र साइटमा कार्यरत इन्जिनियर र ठेकेदारले वन्यजन्तुमैत्री निर्माणमा बेवास्ता गर्दा गैंडा मरेकाे उहाँको भनाइ छ । उहाँले भन्नुभयो, हामीले स्पष्टीकरण माग गर्ने तयारी गरेका छौं । भरतपुरको गोन्द्राङस्थित छ लेनको सडक निर्माणका क्रममा खाल्डो खनिएको थियो ।

निकुञ्जले थप छानबिनका लागि निकुञ्जकै एक अधिकृतको संयोजकत्वमा सोमबार नै समिति गठन गरी प्रतिवेदन तयार गर्ने र त्यसपछि दोषीलाई कारवाही र क्षतिपूर्ति माग गर्ने आचार्यले बताउनुभयो । चितवनमै यस अघि सेफ्टी टंकीमा परेर एक गैंडा मरेको थियो । निकुञ्ज क्षेत्रभन्दा बाहिर तर बफर जोन क्षेत्रको सिमानामा रहेको सडक निर्माणका क्रममा ढल व्यवस्थापनका लागि खाल्डो खनिएको थियो । खाल्डो लामो समयसम्म नपुरिँदा गैडाँको करिडोर क्षेत्र भएकाले अझै थप दुर्घटना हुनसक्ने भन्दै निकुञ्जले तत्काल खाल्डोको व्यवस्थापन गर्न आइतबार नै सडक कार्यालयलाई जानकारी दिइसकेको जनाएको छ । यता सडक कार्यालयले भने आफ्नो क्षेत्राधिकार रहेको ५०÷५० मिटरभित्र नै काम गरेको भन्दै निकुञ्जसँग समन्वय नगरेको जनाएको छ ।

यसरी सडक कार्यालय, राज्यको तर्फबाट सडकमा प्रत्यक्ष रुपमा खटिने इन्जिनियर र निर्माण कम्पनीहरुले वन्यजन्तुप्रति ख्याल नपु¥याउनुले बर्षेनि संरक्षित वन्यजन्तुमा क्षति पुग्ने गरेको छ । नेपालमा मात्र पाइने एकसिंगे गैडा मर्नुले राज्यलाई ठूलो नोक्सानी पुगेको भन्दै यसमा निकुञ्ज कार्यालयसँग सहकार्य गरेर मात्र संरक्षित क्षेत्रमा भौतिक निर्माणका कामहरु अघि बडाउन राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter