थप नौ हजार ४३२ जना सङ्क्रमित, तीन हजार ४० निको, आठको मृत्यु

काठमाडौं, माघ ११ गते । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सात हजार ८०६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ५७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा आठ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ८८ हजार ९३४ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter