पाँच हजार ८१६ जना सङ्क्रमित थपिए, पाँच हजार २९२ निको, १५ को मृत्यु

काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter