विपन्न परिवारका लागि सामूहिक आवास निर्माण

गोविन्द शर्मा / बाँके, माघ १४ गते । घरबास र जग्गाविहीन विपन्न परिवारका लागि बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास निर्माण गरेको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार सामूहिक आवासको उद्घाटन गर्नुभयो ।

खजुरा गाउँपालिका ३ बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । यसैगरी ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिब एक करोड रुपियाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरेका छौं, अध्यक्ष कक्षपतिले भन्नुभयो, “यसबाट विपन्न समुदायले लाभ लिएका छन् ।”

सामूहिक आवास गृहमा बस्न थाल्नुभएका धादिङ गोलढुङ्गा जन्मघर भएका ६३ वर्षीय दावा लामाले जग्गा जमिन र बस्ने घर नभएकाहरुका लागि घर पाउनु खुशीको विषय भएको बताउनुभयो । विगतमा कहिले होटल त कहिले गाडीमै जिन्दगी बित्यो, लामाले भन्नुभयो,– “अहिले बुढेसकालमा बस्ने घर पाइएपछि हामीलाई राहत भएको छ ।”

सामूहिक आवासको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गर्नुभयो । “स्थानीय तहको निर्वाचन सम्पन्न नगरी रिक्त बनाउने प्रयास गरिदैंछ”, पोखरेलले भन्नुभयो,– “वर्तमान पाँचदलीय गठबन्धन जनतामाझ जान डराइरहेको छ ।”

वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको महासचिव पोखरेलले बताउनुभयो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुना रुपमा सञ्चालन गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि काम सन्तोषजनक भएको छैन ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter