२४ घण्टामा तीन हजार ४९ जनामा कोरोना पुष्टि

काठमाडौं, माघ १६ गते। पछिल्लो २४ घण्टामा तीन हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३२ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार कुल १३ हजार १४५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा छ हजार ३५९ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । वितग चार दिनमा विभिन्न अस्पतालमा कोरोनाले मृत्यु भएर ढिलो विवरण आएका मृतकलाई आइतबार समेटेको छ । विगत चार दिनसम्म विभिन्न अस्पतालमा मृत्यु भए पनि रेकर्डमा नसमेटिएका २० जना गरेर आइतबार ३२ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter