• Thursday, May 15, 2025

मन्त्रिपरिषद् बैठकका १३ निर्णय; विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता स्विकार गर्ने

काठमाडौं, माघ १८ गते । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो ।

जसमा विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब रुपियाँ० सम्बन्धी सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने, तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने, २०७८ साल माघ १९ गते बुधबार सोनम ल्होसारको उपलक्ष्यमा नपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।

यस्तै मालपोत कार्यालय र नापी कार्यालय सिमरा, बाराको कार्यक्षेत्रमा पर्ने साविक गावीसहरु बुनियाद, रामपुरकोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कलैयाको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्रमा पर्ने साविक हाजिपुर गाबीसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने, दार्चुलाको तुषारपानीदेखि कोठा धारसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति प्रदान गर्ने, नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. शीलु मानन्धरलाई नियुक्त गर्ने, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे

सफा हिमाल अभियान, २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गारवेज धरौटी बापतको रकम छुट दिने र अर्थ मन्त्रालयका सहसचिव रामशेवर दंगाललाई निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

साथै लोकसेवा आयोगले विभिनन सेवा समूहका कर्मचारीहरुलाई सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति गर्ने, कच्चा दूधको न्यूनतम मूल्य ५६.०४ निर्धारण गर्ने र जाजरकोटका समिर जंग शाहलाई नेपाल टेलिभिवनको कार्यकारी अध्यक्षमा नियुक्ति गर्ने निर्णय बैठकले गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter