• Sunday, April 13, 2025

कोरोना सङ्क्रमण कम भएसँगै लयमा फर्कँदै बैदेशिक रोजगार

विष्णु पाण्डेय / काठमाडौं,माघ २३ गते । विगत दुई वर्षदेखि न्यून रहको बैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या पुनःलयमा देखिन थालेको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कोरोना संक्रमको सुरुवाती अवस्थामा भन्दा अहिले बैदेशिक रोजगारीका लागि जान चाहनेको संख्या बढेको देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो छ महिना तुलनाका चालु आवको सोही समयमा बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने श्रमिकको संख्या वृद्धि भएको देखिएको हो । कोरोना विरुद्धको खोप लगाएको र श्रम गन्तव्य देशमा श्रमिकको अभाव हुन थालेपछि नेपालबाट रोजगारीका लागि जान श्रम स्वीकृति लिने युवाको संख्या बढेको हो । आन्तरिक उडान बन्द नभएकाले पनि रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङख्या बढेको बैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

गत बर्षको छ महिनामा एक लाख ६६ हजार ६९९ युवाले मात्र विदेश जान श्रम स्वीकृति लिएकोमा चालू आवको पुस मसान्तसम्म दुई लाख ९७ हजार ३६ जनाले बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोगगार विभागले जनाएको छ । कोरोना विरुद्धको खोप लगाएको र विदेशी देशमा श्रमिकको खाँचो भएकाले श्रम स्वीकृति लिनेको संख्या पनि बृद्धि भएको देखिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसाललले बताउनुभयो । पोहोरको तुलनामा यो आवमा कोरोना संक्रमण कम भएको र विदेशबाट कामदारको माग भएकाले श्रम स्वीकृति लिनेको संख्या बढेको छ,’ उहाँले भन्नुभयो ।

चालू आ.वको छ महिनाको तथ्यांक हेर्दा मंसिर महिनामा सबैभन्दा धेरैले श्रम स्वीकृति लिएको देखिएको छ ।मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जनाले बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । साउन महिनाबाट नै श्रम स्वीकृति लिनेको सख्या वृद्धि हुँदै गएको देखिएको छ ।

साउन महिनामा २५ हजार ४२८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६७१,कार्तिकमा ५४ हजार ९१८,मंसिरमा ७४ हजार ३५४ र पुस महिनामा ६७ हजार २२४ जनाले श्रम स्वीकृति लिएका छन् ।

ओमिक्रोन संक्रमणका कारण पुस महिनामा श्रम स्वीकृति लिनेको संख्या कमी देखिएको सूचना अधिकारी भूसालले बताउनुभयो । तर, अहिले भने अन्तर्राष्ट्रिय उडानहरु जारी रहेकाले माघ महिनामा फेरि श्रम स्वीकृति लिनेको संख्या बढ्ने भूसालको भनाइ छ ।

गत वर्ष कोरोनाको संक्रमणकै कारण श्रम स्वीकृति लिनेको संख्यामा कमी देखिएको भूसाल बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter