• Sunday, April 13, 2025

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत

काठमाडौं, माघ २५ गते । माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम २०७९ वैशाख ३० गते शुक्रबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, धितोपत्र दर्ता तथा निस्कासन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, वर्डफ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१८ हिमालयन कृषि फर्मलाई केन्द्रविन्दु मानि वर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, सिंगापुर इटालसीकाे रोम र रोमानिया बुखारेस्टमा कार्यरत अवैतनिक नेपालीमा वाणिज्य दूतहरुको अवधि थप गर्ने र डिजिटल प्रणालीमाफर्त नाप, नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजनाका कार्यालय गोर्खाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको जिल्ला सडक सीमा भित्र परेको तीन वटा घर, टहराको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९९० को छैठौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघमा पेश गर्न अनुमति प्रदान गर्ने, आगामी ४ र ५ गते नर्वेमा भर्च्यूअल माध्यमबाट हुने दोस्रो ग्लोबल डिसएबलिटी समिटमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत दिने, फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने, राष्ट्रिय प्रशासण ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वतीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter