• Sunday, April 13, 2025

एमसीसी अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं, माघ २७ गते। नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिनुभयो।

बैठकमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको प्रष्ट पार्नुभएको थियो।नेता महतले एमसीसीको विषयमा आम जनमानसलाई बुझाउनुपर्नेमा जोड दिनुभएको थियो।

बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा नेता महतले एमसीसीबारे जानकारी गराउनुभएको हो। बैठकले स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल गरेको छ।

‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने विषयमा छलफल भयो।भातृ एवम् शुभेच्छुक संगठनको केही स्थानीय चुनाव अघि र केहीलाई चुनावपछि पूर्णता दिने छलफल भएको छ’, नेता कोइरालाले भन्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter