• Wednesday, April 23, 2025

सुन्तला बेचेर समृद्ध बन्दै बासखर्कका किसान

ठाकुरप्रसाद आचार्य / म्याग्दी, माघ २८ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरको सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्षदेखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एक हजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् ।

पाइजाले मात्र होइन बासखर्कका दुई सय १० घर परिवारले वर्षौदेखि व्यवसायिक सुन्तला खेती गर्दैआउनुभएको छ । २० घर परिवारले वार्षिक १० देखि १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गरेर आम्दानी गर्ने गरेको बताउनुभएको छ ।

यस्तै, अन्य घर परिवारले पनि न्युनतम पाँच लाखदेखि सात लाख रुपियाँसम्मको सुन्तला खेतीबाट आम्दानी लिने गरेको उहाँहरुको भनाई छ । यहाँका किसानहरु यतिखेर सुन्तला टिप्न, ग्रेडिङ गर्न र बजार पठाउन व्यस्त रहनुभएको छ । दिनदिनै व्यावपारीहरु सुन्तला खरिद गर्न गाडी लिएर बासखर्क पुग्नेगरेका छन् ।

प्रत्येक वर्ष सुन्तला विक्रीबाट गाउँमा पाँच करोड रुपियाँभन्दा बढी भित्रीनेगरेको वडा अध्यक्ष तुलसी रेग्मीले बताउनुभयो । यहाँका सवैजसोले सुन्तला लगाएका छन् वडा अध्यक्ष रेग्मीले भन्नुभयो ‘सुन्तला खेतीबाट गाउँ समृद्ध बनेको छ । सुन्तलाको आम्दानीले सहर बजारमा घरघडेरी जोडेका छन् ।’

‘राजनीति र समाजसेवाका साथै मैले पनि सुन्ताला खेती गरेको छु वडाअध्यक्ष रेग्मीले भन्नुभयो ‘सुन्ताल विक्रीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्छु ।’ सुन्तला विक्री गरेर आर्जन गरेको पैसाले यहाँका स्थानीयवासीको जिवनस्तरमा सुधार आएको उहाँले बताउनुभयो ।

“१५ वर्ष पहिला घरखर्ची चलाउन यहाँका स्थानीयलाई धौधौ थियो, सहर बजारका साहु महाजन, सहकारी र छिमेकी गाउँमा ऋण लिन जानुपर्ने बाध्यता थियो” वडा अध्यक्ष रेग्मीले भन्नुभयो ‘अहिले सहर बजारमा घरघडेरी जोडेका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा पैसा जम्मा गर्न सफल भएका छन् ।’

बासखर्क बासीहरुले पचास वर्षदेखि सुन्तला खेती गर्दैआए पनि पछिल्ला १५ वर्षदेखि यता व्यवसायिक रुपमा सुन्तला खेती फस्टाएको बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । सुन्तला खेतीका लागि तालिम, मल, विरुवा र औजारमा सरकारी स्तरबाट सहयोग पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषकहरु आकर्षित् हुनथालेको उहाँले बताउनुभयो ।

सुन्तला खरिद गर्न पोखरा र मुग्लीङबाट व्यवपारीहरु आउनेगरेको सहकारीका अध्यक्ष खत्रीले बताउनुभयो । गाउँमै आएर व्यापारीले प्रतिकेजी एक सय ५० देखि एकसय ९० रुपियाँसम्ममा खरिद गर्नेगरेको उहाँको भनाई छ । गत वर्षभन्दा यस वर्ष सुन्तलाले राम्रो मुल्य पाएपछि कृषकहरु उत्साहित भएको उहाँको भनाई छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter