पछिल्लो २४ घण्टामा ६६६ सङ्क्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडाैं माघ २८ गते । बिगत २४ घण्टामा ६६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल १७ हाजार ४४७ नमुनाको आरटीपीसीआर जाँच गर्दा ६६६ जानामा सङ्क्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै तीन हजार ५४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण पुष्टि भएको थियो ।सो अवधिमा २२ सय १५ जना संक्रमण मुक्त भएका थिए । त्यस्तै विगत २४ घण्टाको अवधिमा १४ जनाको मृत्यु भएको थियो ।