२४ घण्टामा थप ४९१ सङ्क्रमित,१८ सय २६ निको, चारको मृत्यु
काठमाडौं, माघ २९ गते । पछिल्लो २४ घण्टामा ४९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल छ हजार ६५४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ८३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ८८ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २६ हजार १०२ जना सक्रिय सङ्क्रमित छन् ।