• Thursday, May 15, 2025

२४ घण्टामा ४२७ जनामा कोरोना पुष्टि : १० को मृत्यु

काठमाडौं, फागुन १ गते। पछिल्लो २४ घण्टामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणबाट ५२१ जनामा संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार २४ घण्टामा तीन हजार ९३५ जना डिस्चार्ज हुँदा कोरोनाले १० जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter