सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार १० बजे अर्को बैठक

काठमाडौं, फागुन ५ गते । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्न बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।

बैठकको निर्णयबारे भने कुनै जानकारी आएको छैन । बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयाे, आजको धेरै गम्भीर विषयमा गम्भीर रुपमा छलफल भयो , संसद सुचारु कसरी गर्ने, एमसीसीलाई संसदमा कसरी लाने भन्ने विषयमा छलफल भयो र अर्काे बैठक भोलि १० बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।

आजको बैठकमा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनालतथा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगाएतका नेता सहभागी हुनु हुन्थ्यो । बैठकमा जनमोर्चा नेपालका प्रतिनिधिको सहभागिता थिएन ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter