• Sunday, April 13, 2025

२४ घण्टामा २२९ कोरोना संक्रमित थपिए : चार जनाको मृत्यु

काठमाडौं, फागुन ८ गते। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गदौ २२९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता मिश्रका अनुसार तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टीजेन परीक्षणबाट २४ घण्टामा २६२ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी २४ घण्टामा थप चार जनाको कोरोनाले मृत्यु भएको छ भने एक हजार ३३८ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा ३३ हजार २५४ जनाले खोप लगाएका छन्। अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter