२४ घण्टामा २४७ सङ्क्रमित, चारको मृत्यु

काठमाडौं, फागुन ९ गते । पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ९१५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार १४० जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ सय ५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा आठ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल ११ हजार २८२ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter