२४ घण्टामा २५६ सङ्क्रमित, दुईको मृत्यु
काठमाडौं, फागुन ११ गते । पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन हजार ५९० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल आठ हजार ६९३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ९११ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल १० हजार ९० जना सक्रिय सङ्क्रमित छन् ।