• Sunday, April 06, 2025

लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

रसुवा, फागुन १४ गते । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् ।

पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी सङ्घका जिल्लाध्यक्ष रामशरण (निसान) गजुरेलले बताउनुभयो । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस सङ्क्रमणले थाला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उहाँको भनाइ छ ।

एक÷दुई दिन अगाडिदेखि दैनिकरूपमा १५/२० जना आन्तरिक र चार/पाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधबार परेको हिमपात एवं लौरिविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृङ्ख्लाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगङ्गा–८ का २४ वर्षीय हरि अर्यालले बताउनुभयो । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटकका रूपमा गोसाइँकुण्ड आएका अमेरिकन नागरिक पाठरिक एवं युकेबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने बताउनुभयो । चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म मुकाम गर्ने उहाँहरुको भनाइ छ ।

शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, ग्रीष्म ऋतुको जेठ, शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि अत्यन्तै उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिनुभयो ।

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व डाक्टर प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्गअन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्विम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले जनाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter