• Sunday, June 01, 2025

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन उडान सम्पन्न, थप पाँचमा गर्न सुरू

छेटु शेर्पा / काठमाडौं, फागुन १६ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै थप पाँच वटा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू गरेको छ । उडड्यन सहायक उपकरणको क्यालिब्रेड गर्न प्राधिकरणले पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिव्रेसन उडान सुरू गरेको जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानका लागि प्रयोग गरिएको जहाजबाट उडान गर्न एरो थाईसँग गरिएको अनुरोध स्वीकार गरेपछि प्राधिकरणले थप पाँच विमानस्थलमा उडान सुरू गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी नारायनदेवी श्रेष्ठले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरणले गर्ने हवाइ सुरक्षालाई ध्यानमा राखेर गर्ने लेखापरीक्षणमा सफल हुन क्यालिब्रेसन उडान गर्नु अनिवार्य शर्त रहेको प्राधिकरणले जनाएको छ ।

नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये भैरहवामा प्रत्येक ६/६ महिना र बाँकी ३४ वटामा भने प्रत्येक वर्षमा क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । पाँच वटा विमानस्थलमा उडान सम्पन्न गरेसँगै बाँकीका लागि यो वर्षमै गर्ने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो । प्राधिकरणको नियममा नयाँ सञ्चालनमा आउन लागेको विमानस्थलमा शुरुवातको क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने हुन्छ भने बाँकी सञ्चालनमा आएका विमानस्थलमा पनि नियमअनुसार गर्नुपर्ने हुन्छ । जडित यान्त्रहरुलाई दुरुस्त राखी हवाइ सुरक्षा प्रभावकारी बनाउन यो उडान गर्नुपर्ने प्राधिकरणका कम्युनिकेसन इन्जिनियर रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । आइएलएफ सिष्टम जडित विमानस्थलमा ६/६ महिनामा गर्नुपर्ने हुन्छ नेपालमा यो भैरहवा विमानस्थलमात्र रहेको र बाँकी भिओआर पिएनइ सिष्टम जडान रहेकाले एक/एक वर्षमा गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

आइकाओले प्रमाणित गरेको सुविधासम्पन्न जहाजले मात्र क्यालिब्रेसन उडान गर्न सकिन्छ । फागुन १५ गते भैरहवामा उडान सम्पन्नसँगै सोमबार नेपालगञ्ज विमानस्थलमा उडान सुरू गरेको प्राधिकरणले जनाएको छ । यो उडानपछि आइकाओको लेखापरीक्षण पछिको चेक लिष्टमा नेपालको हवाइ सुरक्षा राम्रो हुने विश्वास प्राधिकरणले लिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter