तामाकोशीको बहावमा उतारचढाव, सतर्कता अपनाउन आग्रह

बाबुराम शर्मा / चरीकोट, चैत १४ गते । दोलखाको बिगु गाउँपालिका–१, गोँगरमा सञ्चालनमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले तामाकोशी नदीमा पानीको वहाव उतारचढाव हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आयोजनाले सोमबार सूचना प्रवाह गरी नदीमा सुख्खामा याममा पानीको बहावमा उतारचढाव आउने भन्दै ताममाकोशी नदीको तल्लो भेगका बासिन्दालाई सचेत रहन आग्रह गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाबाट हरेक वर्ष सुक्खा याममा मङसिरदेखि जेठ महिनासम्ममा विशेष गरेर पिक आवर (बिहान ५ः०० देखि ११ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि राति १०ः०० बजेसम्म) मा राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकतानुसार पूरा क्षमता (४५६ मेगावाट) सम्म पनि विद्युत उत्पादन हुने गरेको छ । यस क्रममा जलविद्युत् केन्द्रको सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रतिसेकेण्ड पानी प्रवाह भई तामाकोशी नदीको बहावमा अचानक बढ्ने तथा पिक आवर पश्चात् पुनः बहाव घट्ने भइरहन्छ ।

यसले तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने जगत, टुनीटार, जामुने, भोर्ले, सिँगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह क्रमशः बढ्दै जाने र पछि पुनः घट्ने चक्र हुने हुँदा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू सकेसम्म नगर्न÷नगराउनु हुन आग्रह गरिन्छ ।

त्यसै गरी नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार गर्दा वा नदीबाट गिट्टीबालुवा निकाल्नुपर्दा वा धार्मिक संस्कार वा अन्य कुनै प्रयोजनको लागि अन्य आवश्यक कार्यहरू गर्नुपर्दा समेत अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ ती कार्यहरू गर्न सम्बन्धित सबैमा सूचनामार्फत हार्दिक अनुरोध गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter