जनजातिका नमुना गाउँले दर्शक लोभ्यायो

अमरराज नहर्की / तनहुँ, चैत १७ गते । आठौं तनहुँ महोत्सवमा पदर्शन गरिएको जनजाति नमुना गाउँले दर्शकलाई लोभ्याएको छ । महोत्सव परिसरमा राखिएको जनजाति नमुना गाउँमा निर्माण गरिएका आदिवासी जनजातिको नमुना घरहरु राखिएकाले दर्शकको मन जितेको हो । लोपोन्मूख घरमा बसेर फोटो खिच्ने टिकटक बनाउनेको भिड लाग्नेगरेको छ ।

आदिवासी जनजातीको मौलिक घरहरु मासिँदै गएकाले नमुना घर देख्दा स्थानीय दङ्ग परेर फोटो खिचाइरहेको आदिवासी जनजाति जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले बताउनुभयो । पहिलो दिन चैत १० गते दश हजारभन्दा बढी दर्शकले नमुना घरको अवलोकन गरेको र बिहीबार सम्ममा एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घले जनाएको छ । मगर, गुरुङ, दरै, बोटे र कुमालको नमुना घरहरु महोत्सवमा प्रदर्शन र अवलोकनका लागि राखिएको छ ।

गुरुङ समाज दमौलीका अध्यक्ष ढक्कलबहादुर गुरुङले ४० हजार रुपियाँमा आकर्षक घर निर्माण गरिएको बताउनुभएकाे छ । दर्शकको मन घरले जितेकाले अवलोकन गर्नेको भीड लागेको उहाँको भनाइ छ । ‘परम्परागत घर निर्माण गरी प्राचीन सामग्रीहरु राखिएपछि दर्शक आकर्षित भएको उहाँले बताउनुभयो ।

विशेषगरी टिकटक बनाउने धेरै छन् अध्यक्ष गुरुङले भन्नुभयो । सोही समाजका सदस्य टार्जन गुरुङले पनि गुरुङको घर हेर्न दर्शकको भीड लाग्नेगरेको जानकारी दिनुभयो । सो घरको डिजाइनर आफै रहेको गुरुङले जानकारी दिनुभयो । परम्परागत उक्त घर ढुङ्गा, माटो, प्लाइउड, खर, भाटा र कपडाबाट निर्माण गरिएको उहाँले बताउनुभयो । ७ जनाले ४ दिन लगाएर सो आकर्षक घर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । बैरेनी दरै समाजले करिब ३५ हजार रुपियाँ खर्च गरी नमुना घर निर्माण गरेको जनाएको छ ।

बैरेनी दरै समाजका अध्यक्ष पुनबहादुर दरै, बैरेनी टोलका अध्यक्ष खमबहादुर दरै, वीरबहादुर दरै, भुपाल दरै, सिंहबहादुर दरै लगायतको सक्रियतामा घुमाउने घर निर्माण गरिएको छ । परम्परागत लोप हुँदैगएको घुमाउने घर निर्माण गरिएपछि दर्शकको रोजाइ बनेको छ । ढुङ्गा, बाटो, बाँस, चिमबाट निर्मित घुमाउने घरमा परम्परागत सामग्री राखिएकाे छ ।

नमुना घरहरु डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवका संयोजक पविन्द्रकुमार श्रेष्ठले जनजातिका घरबारेमा भावीपुस्तालाई जानकारी दिन र संरक्षण टेवा पु¥याउन मौलिक घरहरु दर्शकको रोजाइमा परेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter