• Saturday, May 17, 2025

धरहरा पुनर्निर्माणको काम ७८ प्रतिशत सम्पन्न, म्याद थप्ने तयारी

विष्णु पाण्डेय / काठमाडौं, वैशाख १ गते । धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण नसकिएपछि अहिले म्याद थपको प्रकृया अघि बढाइएको छ ।

पुनर्निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी रमन कन्ट्रक्सनले समयमा काम पूरा गर्न नसक्दा अहिले घरहरा पुनर्निर्माणको म्याद थप्न लागिएको हो । जसको समय यही चैत्र मसान्तमा रहेकाले म्याद थपको प्रकृया अघि बढेको छ । अहिलेसम्म धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७८ प्रतिशत काम सम्पन्न भएको रमन कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीले बताउनुभयो ।

रमन कन्ट्रन्सले अब डेढ वर्षको म्याद थपिदिए पुनःनिर्माणको सम्पूर्ण काम सकिने जनाएको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक नकर्मीका अनुसार आगामी डेढ वर्षका लागि म्याद थप गर्न सहरी विकास मन्त्रालयलाई पत्र पठाइएको छ ।

‘धरहरा पुनर्निर्माणको काम सम्पूर्ण रुपमा सक्न अझै डेढ वर्ष लाग्छ । त्यसैले हामीले डेढ वर्षका म्याद थपिदिन आग्रह गरेर पत्र पठाएका छौँ। उताबाट डेढ वर्ष त थप्न सकिन्न भनेर जवाफ पठाउनुभएको छ ,’नकर्मीले भन्नुभयो‘ त्यो भन्दा कम समय थप्न सकिने आशय आएको छ । ’ यद्यपि सर्वसाधारणले भने दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्यसञ्चालन गरिरहेको नकर्मीको भनाइ छ । ‘सर्वसाधारणले दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्य गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ‘तर, बाहिरका अन्य काम सम्पन्न गर्न धेरै समय लाग्ने भएर डेढ वर्ष म्याद थपको माग गरिएको हो । ’

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनःनिर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन ।

यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले म्याद थपको विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘रमन कन्ट्रक्सनले म्याद थपको लागि लामो समम माग गरेको छ । तर, त्यति लामो समय म्याद थप गर्न सकिने अवस्था छैन । दशैँसम्म काम सक्न आग्रह गरेका छौँ,’ अधिकारीले भन्नुभयो ।

तेस्रो पटकको म्याद थपको समय यही चैत्र मसान्तमा सकिने भएकाले म्याद थपको गृहकार्य भइरहेको उहाँ बताउनुहुन्छ । तर,म्याद थप गर्नुको कारण माग गरिएको अधिकारीको भनाइ छ । ‘धरहरा पुनर्निर्माणको काम सक्न चैत्र मसान्तसम्मका म्याद दिइएको थियो । तर नसकिएकाले म्याद थप्नुपर्ने भएको छ,’अधिकारीले भन्नुभयो ‘कन्ट्रक्सनको कमजोरीले म्याद थप्नुपर्ने देखिए हर्जनासहित म्याद थप गर्न सकिन्छ । दशैँसम्म म्याद थप्ने कि भन्ने छ तर निर्णय भएको छैन ।’

के के छन् बाँकी काम ?

धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनानुसार हाल निर्माण कार्य चलिरहेको छ । पुनर्निर्माण भएको धरहराअघि केही संरचना सम्पन्न गर्न बाँकी नै रहेको प्रबन्धक नकर्मीले बताउनुभयो । त्यस्तै, टुँडिखेलदेखि खिचापोखरी हुँदै जाने सडक, ल्यान्डस्केपिङ्, बगैँचा ,पार्किङलगायत पूर्वाधार निर्माण गर्न बाँकी नै रहेको नकर्मीको भनाइ छ । साथै, स्थानीयले कुल देवताको पुजा गर्ने ठाउँ र सुन्धारामा पानीको व्यवस्थापनको काम पनि बाँकी रहेको छ । ‘पुरानो धरहरा खुल्ला राख्ने वा अन्य विकल्प प्रयोग गर्ने भन्ने निष्कर्ष निस्किएको छैन यसकारण पनि काममा ढिलाई भएको छ,’ नकर्मी भन्नुहुन्छ ‘सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कसरी गर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter