• Saturday, May 17, 2025

सफा हिमाल अभियान : सेनाका चार टोली आधार शिविरमा

काठमाडौँ, वैशाख ११ गते। सफा हिमाल अभियान-२०२२ अन्तर्गत सफा हिमाल अभियानमा खटिएका नेपाली सेना तथा सहायक चार टोली आधार शिविर पुगेको छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चारवटा फरक-फरक टोली सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुका हिमालका आधार शिविर (वेशक्याम्प) मा पुगेका हुन्। नेपाली सेनाको अगुवाइमा यसवर्ष चार वटा हिमालको फोहर सङ्कलन हुँदैछ।

सफाइ अभियानअन्तर्गत सगरमाथा÷ल्होत्सेमा खटिएको टोली वैशाख १ गते कञ्चनजंघामा खटिएको टोली वैशाख ८ गते बेस क्याम्प पुगेका थिए। त्यस्तै मनास्लुमा हिमाल सफाईमा खटिएको टोली वैशाख ९ गते आधार शिविर पुगेको थियो।

आधार शिविरमा पुगेका टोलीले आफ्नो बन्दोबस्तीको व्यवस्थासमेत गरेका छन्। टोलीले स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्न गरेको सेनाले जनाएको छ।

सबै टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्। टोलीले स्थानीय सरकार, सरोकारवाला संघसंस्था र स्थानीयवासीसँगको आवश्यक समन्वय तथा सहकार्य गरेर फोहोर संकलन गर्नेछन्।

नेपालको अर्थतन्त्रको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन व्यावसाय अन्तर्गत हिमाल आरोहण विदेशी पर्यटक आकर्षणको केन्द्र बनेको छ। नेपालमा वार्षिक ५० हजार पर्यटक र ८० हजार सहयोगीले विभिन्न हिमालको आरोहण गर्ने गरेका छन्।

हिमाल आरोहीले फालेको फोहोरका कारण पर्यावरणमा गम्भीर असर पर्ने देखिएपछि नेपाल सरकारले सन २०१९देखि हिमाल सफा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ। नेपाली सेनाका अनुसार पछिल्लो तीन वर्षमा करिब ३८ टन फोरह सङ्कलन भइसकेको छ। यसपटकको हिमाल सफाई अभियान चारवटा हिमालबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य सेनाले लिएको छ। यो अभियान जेठ २२ गते सम्म सञ्चालन हुनेछ।

हिमालबाट सङ्कलन गरिएको फोहर कुहिने र नकुहिने छुट्याएपछि कुहिने फोहरलाई स्थानीय स्तरमा व्यवस्थापन गर्ने र नकुहिने फोहरलाई काठमाडौँ ल्याएर पुनः प्रयोग गर्ने योजना रहेको सेनाले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter