• Wednesday, May 21, 2025

उम्मेदवारी मनोनयन संख्याआधारमा मतपत्र ढुवानी गरिने

काठमाडौँ, वैशाख ११ गते । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको काम सम्पन्न भएपछि उम्मेदवारहरुको आँकडाका आधारमा सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरुगर्ने भएको छ ।

हाल पूर्वानुमानित संख्याका आधारमा मतपत्र छपाइको कार्य दु्रत गतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरुका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुका लागि छपाइ भइसकेको मतपत्रको संख्या र त्यसमा समाविष्ट निर्वाचन चिन्हहरु पर्याप्त हुने—नहुने स्पष्ट हुने आयोगले जनाएको छ ।

आयोगका उपसचिव एवम् संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का सदस्यसचिव कमल भट्टराईले उम्मेदवारीको संख्या र चिन्हको संख्यात्मक स्थिति यकिन गरेर १२ गते राति र १३ गते बिहानदेखि मतपत्र ढुवानी सुरु गरिने जानकारी दिनुभयो ।

वैशाख १० गते स्थापना गरिएको सो केन्द्रका संयोजक एवम् आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सोही दिन सम्पन्न पहिलो बैठकले मनोनयन दर्ताको संख्यात्मक अवस्था बुझेर मात्र मतपत्र ढुवानी सुरु गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ ।

बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ जारी रहेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगको भनाई छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter