• Tuesday, May 13, 2025

एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख १५ गते । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने आयोगको भनाइ छ ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेकाे छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्य ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी भएकाे हाे । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदाका लागि सरकारसँग अनुरोध गर्ने भएको छ । मतदानको दिन देशवासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही वञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले यस्ताे आग्रह गर्ने भएको हो ।

वैशाख ३० गते सार्वजनिक बिदा दिन आग्रह

यसैगरी, आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ ।आयोगका सहायक प्रवक्ता अर्यालले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वननिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।

आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ देखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने हुन्छ । उक्त दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर वैशाख २८ देखि ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।

उम्मेदवारको सङ्ख्या अद्यावधिक गर्ने क्रम जारी

त्यस्तै, आयोगको प्रणालीमा बिहीबार दिउँसो ३ बजेर ३० मिनेटसम्म प्रविष्ट भएको तथ्याङ्क अनुसार एक लाख ५३ हजार दुई जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ती हजार ५१०, अध्यक्षमा तीा हजार ३८७, उपप्रमुखमा दुई हजार १६८, उपाध्यक्षमा दुई हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।

यसैगरी, गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरको आधिकारिक रुपमा आयोगले भाइबर ग्रुप औपचारिक रुपमा सुरु गरेको छ । आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालाहरुलाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ ।

यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यस समूहमा सामेल हुन https://vb.me/ecn (Election commission Nepal) लिङक प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter