• Sunday, June 01, 2025

गौतमबुद्ध विमानस्थलमा वाइडबडीको सफल अवतरण

भैरहवा, वैशाख १५ गते। भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो।

काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा २६० जना यात्रु सहभागी थिए। जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधिलगायत थिए।

सञ्चारकर्मी, पर्यटन व्यवसायीसहित उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो। विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होइन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित भएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter