• Saturday, May 03, 2025

पर्यटन मन्त्रीलाई पर्यटन पुनरुत्थान प्राविधिक समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्यटन पुनरुत्थान प्राविधिक समितिले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई बुझाएको छ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहमा प्रतिवेदन बुझाउँदै समितिका संयोजक राजाराम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको बेला उक्त समिति गठन गरिएको बताउनु भयो । उहाँले झन्डै अढाइ महिना लगाएर पर्यटन व्यवसायी तथा विज्ञहरुसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरिएको बताउनुभयो।

उक्त अवसरमा भास्कर राज राजकर्णिकारले नीतिगत सुधारको बारेमा, क्याप्टेन सुरज भण्डारीले यातायात तथा नागरिक उड्डयनको बारेमा, यांकिला शेर्पाले नयाँ पर्यटन गन्तव्य प्रवर्धनको बारेमा, सुम्निमा उदासले अन्तरराष्ट्रिय पर्यटन तथा ब्रान्डिंगको बारेमा र सुरेशसिंह बुडालले पर्यटन प्रवर्धन सम्बन्धी प्रस्तावित कार्यक्रम बारे बताउनुभएको थियो।

प्रतिवेदन बुझिसकेपछि बोल्दै माननीय मन्त्री प्रेमबहादुर आलेले निकै मेहनत गरेर छोटो समयमै विस्तृत प्रतिवेदन तयार पारेकोमा पर्यटन पुनरुत्थान प्राविधिक समितिलाई धन्यवाद दिनुभयो। उहाँले उक्त प्रतिवेदनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न टेवा पुग्नेछ भन्ने विश्वास आफुले लिएको बताउनुभयो।

मन्त्री आलेले वायुसेवा कम्पनीहरुलाई नेपाल भित्र उडान गर्ने पर्यटकहरुलाई नेपाली सरह शुल्क लिन र समयमै उडान गर्न सुझाव दिनुभयो। अहिले समयमै घरेलु उडान नहुने समस्या देखिएको छ। त्यसैले हामीले राती १२ बजेसम्म पनि विमानस्थल खुला राख्ने व्यवस्था मिलाएका छौं, मन्त्री आलेले भन्नुभयो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पर्यटकहरुलाई सुविधा दिलाउने बारेमा गृह, अर्थ र पर्यटन मन्त्रालयबीच राम्रो समन्वय गर्न आफुले प्रयास गरि रहेको बताउनुभयो।

सो समारोहमा बोल्दै पर्यटन सचिव महेश्वर न्यौपानेले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न विशेष प्याकेज ल्याउने उद्देश्यले पर्यटन पुनरुत्थान निर्देशक समिति तथा पर्यटन पुनरुत्थान प्राविधिक समिति गठन गरिएको बताउनुभयो। उहाँले आउदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको बताउंदै पर्यटन क्षेत्रको पनि सँगसँगै वृद्धि होस् भनेर नेपाल सरकारले काम गरिरहेको बताउनुभयो।

पर्यटन पुनरुत्थान प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकस्थित नेपाली दूतावासहरुमा पर्यटन अधिकारीहरु नियुक्त गर्ने, पर्यटन सेवा प्रदायकहरु र पर्यटनसँग सम्बन्धित सबैबाट कुनै पनि आपत्कालीन मामिलाहरुको जवाफ दिन हप्ताको सातै दिन र २४ सै घण्टा उपलब्ध एक प्रशिक्षित, द्रुत र समर्पित (क्विक रेस्पन्स टिम) को अवधारणामा एउटा पर्यटन टोली मन्त्रलयमै व्यवस्था गर्ने, बढ्दो पर्यटन बजारभित्र आतिथ्य र सेवा क्षेत्रमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटेल व्यस्थापन एकेडेमी (एनएटिएचएम) को सहकार्यमा सातवटै प्रदेशमा पर्यटन तालिम केन्द्रहरुको स्थापना गर्नेलगायतका सुझाव दिइएका छन् ।

त्यसैगरी उक्त प्रतिवेदनले नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तित्वहरुलाई विभिन्न देशहरुमा पर्यटन सद्भावना दूत नियुक्त गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विगतमा योगदान पुर्याएका शीर्ष सेलिब्रेटी, पर्वतारोही, खेलाडीहरुलाई नेपाल आमन्त्रण गर्ने, अन्तरक्रियात्मक वेबसाइट र एप डिजाइन गर्ने, अन्तर्राष्ट्रिय र घरेलु विमानस्थलहरुका सबै आगमन बिन्दुहरुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयंसेवकहरु नियुक्त गर्ने तथा स्वच्चा सफा हरियाली नेपालको अवधारणामा स्थानीय निकायहरुसँग सहकार्य गरी देशभरिका पर्यटकीय स्थलहरुमा सरसफाईमा ध्यान दिनका लागि राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने जस्ता सुझाव दिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter