• Wednesday, April 23, 2025

आईसीसीद्वारा नेपालमाथिको सबै प्रतिबन्ध फुकुवा

काठमाडौं, जेठ ३१ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमाथि लगाएका सबै खाले प्रतिबन्ध हटाएको छ । आईसीसीले यसअघि नोपलमाथिको प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

आईसीसीले अहिले कन्ट्रोल फन्डिङबाट हटाएर नेपाललाई सबै खालको नियन्त्रणबाट फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा गरेको उल्लेख छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter