• Wednesday, April 23, 2025

नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, असार ८ गते। सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो।

“सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो। प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ”, सञ्चार माध्यमसँग बोल्नुहुँदै मन्त्री कार्कीले भन्नुभयो।

बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गर्नुभएको उहाँले उल्लेख गर्नुभयो। आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उहाँको भनाइ छ।

मन्त्री कार्कीले बैठकमा विविध कारणले बढ्दै गएको बजारको महंगी लगायतका विषयमा पनि छलफल भएको बताउनुभयो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter