• Sunday, April 13, 2025

कृषिको रैथाने संरक्षण अभियानमा अभियन्ता ढकाल

चाँदनी आचार्य / कैलाली, असार १९ गते । गाउँको उत्पादन शहरमा, रैथाने खाना घर–घरमा भन्ने अभियानकासाथ संरक्षणकर्मी तिलक ढकाल अहिले नेपालका विभिन्न जिल्लामा उत्पादित रैथाने वस्तुलाई शहरका उपभोक्ता माझ पु¥याउन व्यस्त हुनुहुन्छ ।

वन, वातावरण र जैविक विविधतामा दुई दशक बिताई जागिरे सेवाबाट निवृत्त हुनु भएको छोटो समयमै एग्री प्रोडक्ट नेपाल प्रालि मार्फत अहिले तिलक ढकाल आफ्नो ज्ञान, सीप र क्षमतालाई रैथाने संरक्षणमा लगाउँदै आउनुभएको हो । जागिरे सेवामा रहँदा देशका विभिन्न दुर्गम तथा सुगम जिल्लामा काम गर्दै काठमाडौंबाट निवृत्त हुनु भएका ढकाल हिजोआज कृषिको रैथाने बालीमा रमाउन पाउँदा खुशी हुनुहुन्छ ।

बाँकी जिवन रैथाने संरक्षणमा विताउने, रैथाने उहाँको रहर र जाँगरको प्रतिविम्व बनेको उहाँको भनाइ छ । डब्लुडब्लुएफ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आफूले दुई दशक कामगर्दा विभिन्न जिल्लामा समुदायसँग नजिक भएर काम गरेको बताउने ढकालले किसानका भोगाई, समस्यालाई नजिकबाट नियाल्न पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म ७२ जिल्ला पुगेको छु, रैथाने वस्तु मासिदै गएका छन् । शहरतिर भने स्थानीय उत्पादनको स्वादको खोजीमा उपभोक्ता छन् । यी सवैको भावना बुझेर रैथाने जोगाएर नेपालीपनको संरक्षणमा जुटेको छुँ ।’

२०७६ मा २५ जिल्लाका आफूजस्तै रैथानेलाई माया गर्ने ४९ जना शेयर सदस्यबाट दुई करोड २५ लाख ५० हजार शेयर लगानीबाट रैथाने एग्रो प्रोडक्ट नेपाल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ढकालको नेतृत्वमा रहेको समूहले नेपालका विभिन्न जिल्लामा उत्पादिन रैथाने वस्तुलाई संकलन, प्रशोधन र प्याकेजिङ गर्दै शहरका उपभोक्तामाझ लग्ने काम गर्दैआएको छ ।

‘गाउँको रैथाने खाना लोप हुँदैगएको र शहरमा पुरानो चिज खान पाए हुनेथियो भन्ने चाहना बढ्दै गएको अवस्थामा गाउँको वस्तुहरु शहरमा ल्याउन, उपभोक्तालाई शुद्ध प्रोटिनयुक्त खाना घर–घरमा पु¥याउने काम रैथाने एग्री प्रोडक्टस नेपालले गरेको रैथाने संरक्षण अभियन्ता ढकालले बताउनुभयो । ढकाल अध्यक्ष रहेको प्राईभेट कम्पनीले रैथाने उत्पादनको संरक्षण, रैथाने वस्तु उत्पादन र बजारीकरणका लागि सहयोग पु¥याउँदैआएको छ ।

उहाँले भन्नुभयो, “रैथाने संरक्षणमा जुटेका हामी सामुहिकरुपमा देशभरको रैथाने बस्तुको पहिचान र संरक्षण गर्नमा तल्लीन छौं । यसले मौलिक खाना र पर्यटन प्रबद्र्धनमा सहयोग गर्छ, साना किसान, ग्रामीण स्वरोजगार बनाउँछ, जलवायु परिवर्तन अनुकुलनकासाथै कृषि जैबिक विविधता संरक्षणमा मद्दत गर्छ ।’

अध्यक्ष ढकालले किसानसँग प्रत्यक्ष जोडिएर गाउँको उत्पादन शहरमा ल्याउने प्रयास गरेको छोटो समयमै ४० जिल्लाका नौ हजार किसान रैथाने संरक्षणको अभियानमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीसँग किसानले उत्पादन गरेको १७५ प्रकारका उत्पादित बस्तुहरु छन् । गाउँबाट किसानले उत्पादन गरेको रैथाने वस्तुलाई काठमाडौंमा ल्याउँछौ, धोई पखाली, केलाई शुद्ध बनाई प्याकिङ पछि उपभोक्ताका घरमा पु¥याउँछौं ।’

रैथाने एग्री प्रोडक्ट नेपाल, प्रालिमा ढकाल अध्यक्षसहित अन्य ४ जना सञ्चालक समिति सदस्य छन्् । सो प्रोडक्टले रैथाने वस्तुहरुको पहिचान गर्ने, उत्पादन र विस्तार तथा सम्भावनाको अध्ययन र परामर्श दिने काम गर्दैआएको छ । प्रालिले स्वरोजगारलाई प्राथमिकता दिदैै वातावरणमैत्री तथा हरित उद्यम प्रवद्र्धनमा टेवा गर्ने लक्ष्यसाथ अगाडि बढेको छ ।

‘किसानले भित्तामा काँक्रोको विउ टाँसेर विउ जोगाउने चलन हराएको छ, अव हामी त्यस्ता स्थानीय उत्पादनको संरक्षणमा किसानसँगै छौ, ढकालले भन्नुभयो, “रैथाने स्थानीय उत्पादन मात्र होइन, यो त स्थानीय कला, संस्कृति, सीप र बस्तु पनि हो । यसको संरक्षणमा हामी लामो समय संरक्षणकै क्षेत्रमा कामगरेका साथीहरु क्रियाशील छौं ।”

“विउ नभए उन्नत पनि बन्दैन, हाईब्रिड पनि हुँदैन, सीप लोप हुँदै गएपछि आफ्नो मौलिकता हराउँछ, कृषी प्रणालि ध्वस्त हुन्छ” ढकालले भन्नुभयो, “कृषिमा समृद्धि ल्याउन स्थानीय उत्पादनलाई जोड दिनुपर्छ ।”

स्थानीय, प्रदेश र संघीय सरकार र सहकारीसँग हातेमालो गरेर रैथाने प्रजातिमा पर्ने बस्तुको संरक्षण, प्रवद्र्धन र उत्पादनका लागि कृषकलाई आवश्यक सीप र प्रविधिमा सहयोग गर्न कम्पनि स्थापना गरिएको उहाँले बताउनुभयो । ‘रैथाने बस्तुहरु हाम्रा सम्पत्ति हुन् । संरक्षण हुन सकेमा हाम्रो पहिचान र ऐतिहासिकता कायम हुन्छ । यसकानिम्ति नीतिगत योजना र सचेतनाका लागि पैरवी आवश्यक हुन्छ ।’

स्थानीय तरकारी, फलफुल,खाध्यान्न, जडीबुटी, हस्तकलालाई रैथाने एग्री प्रोडक्ट नेपालले मुख्य कार्यक्षेत्रको रुपमा लिएको छ ।

विभिन्न कठिन परिस्थितिहरुमा समेत वन, वातावरण र जैविक विविधता संरक्षणको यात्रामा निरन्तर लागिरहेका ढकालले सामुदायिक वनका उपभोक्ताहरुलाई वन, वातावरण र जैविक विविधता संरक्षणका निम्ति सचेतनामुखी अभियान र पैरवी गर्ने काममा लागेको अनुभव सुनाउनु भयो । उहाँले उपभोक्ताहरुको आर्थिक उन्नतिका निम्ति स्थानीय रुपमा होमस्टे, आयमुखी तालिम र जीविकोपार्जन गर्ने अनेक उपायहरु स्थानीयलाई बाँडेको विगत सम्झनुभयो ।

ढकालले विभिन्न जिल्लाका किसानले उत्पादन गरेका रैथाने बस्तुलाई काठमाडौंस्थित उपभोक्ताको घर–घरमा पहुँच बनाउनुभएको छ । उहाँकोे रैथाने एग्री प्रोडक्टले डोल्पाको दाँते ओखर, संखुवासभाको सिस्नु पाउडर, नुवाकोटको समुन्द्र फिनी चामल, रुपन्देहीको लुम्बिनीबाट कालानमक चामल, चितवनको कोरेकबाट चिउरीको मह र सर्लाहीबाट मालदह आँपका स्वाद काठमाडौको उपभोक्तालाई चखाउने मेसो मिलाएको उहाँले बताउनुभयो ।

७७ जिल्लाका रैथाने प्रजातिलाई आफ्नो गोदामबाट बिक्री गरी किसानलाई आत्मनिर्भर बनाउने अभियानमा आफ्नो कम्पनि जुटेको ढकालको भनाइ छ । स्वस्थ र तन्दुरुस्त रहुञ्जेल रेथानेमा रमाउने योजना उहाँको छ ।

महत्वपूर्ण स्थानहरुमा घुम्ती हाटबजारका रुपमा रैथानेले काम थालेको बताउने ढकालले रैथाने एग्री प्रोडक्टमा प्राप्त भएका रैथाने बस्तुहरुलाई बिक्री गर्न रैथाने नेपाल डटकम एप्स निर्माण र सामाजिक सञ्जालको प्रयोग पनि गर्दैआएको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनले मुल्य पाउन बजार मुल्य बुझेर किसानलाई लाभ हुनेगरी सहकारी, कम्पनी, किसानसँग सामुहिक बसेर मुल्य तय हुनेगरेको ढकालले बताउनुभयो । विचौलियाका कारण किसानले मुल्य नपाएको अवस्थामा प्रत्यक्ष किसानसँग जोडिएर काम गर्दा रैथाने बस्तु जोगाउन किसानले उचित मुल्य पाउँदा किसान खुशी भएको अनुभव ढकालले सुनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter