• Sunday, April 13, 2025

पहिलो कान्छो सगरमाथा आरोहीको निधन

चित्र मिजार / सिन्धुपाल्चोक, असार २३ गते । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।

उहाँले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसबेला उहाँको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उहाँले नाम गिनिजबुकमा लेख्नुभएको थियो । तामाङका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter