• Sunday, April 13, 2025

वार्षिक दुई हजारभन्दा बढी जनशक्ति उत्पादन गर्दै आइओएम

सिर्जना खत्री / काठमाडौं, असार २८ गते । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वर्षमा प्रवेश गरेको छ । चिकित्सा क्षेत्रमा हरेक वर्ष दुई हजार भन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको आइओएमले ५० वर्ष पुगेको अवशरमा गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिदैँ नयाँ र समयनुकुल कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा.Þदिव्या सिंह शाहले स्थान र अन्य पूर्वाधारको अभावका कारण चाहेजति सेवा दिन नसकेको बताउनु भएको छ । पुर्वधारको अभाव, व्यवस्थापकीय पक्षका कारण भनेअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । बेडको अभाव छ, चाहे जति शल्यक्रिया गर्न, बिरामी भर्ना र ओपिडी सञ्चालन गर्न सकेका छैनौँ ।” उहाँले भन्नुभयो । तर अव यो अवस्थालाई हामी पर्याप्त बनाउदै लैजाने छौ ।

त्यस्तै अस्पतालका उप निर्देशक डा सुवास आचार्यले सेवा लिने अस्पतालमा सेवालिने सेवाग्राही बढ्दै गएको र अस्पतालमा पुरानै दरबन्दी हुँदा सेवा दिन जनशक्ति अभाव खेप्नु परेको उल्लेख गर्नुभयो । सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्रमा सबै संरचना भए पनि दरबन्दीको अभावमा सेवा सञ्चालन गर्न कठिनाइ भएको डा. आचार्यले जानकारी दिनुभयो ।

आइओएमले जटिल रोगहरुको उपचार, निदान तथा विशिष्टिकृत सेवासँग सम्बन्धित स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले १५ सय शैयाको कीर्तिपुरमा स्थापना गर्न लागेको मेडिकल स्पेसियालिटी एण्ड डाइग्नोस्टिक सेन्टर परियोजना अगाडी बढाएको डा. शाहले जानकारी दिनुभयो । त्यसको लागि अस्पतालको सेवा तथा भौतिक संरचनामा सुधार गर्ने प्रयास गरेको जानकारी दिदै उहाँले भन्नुभयो, “सर्वसाधारणको सुविधाका लागि अनलाइन टिकटको व्यवस्था प्रभावकारी बनाउने, शुल्क तिर्ने प्रक्रियालाई डिजिटल बनाउने, फार्मेसीलाई सुधार गर्ने प्रयास भइरहेको छ ।” साथै डा शाहले ढल, पार्किङ, होस्टललगायतका भौतिक संरचना बनाउने तथा सुधार गर्ने प्रक्रिया सुरु गरिसकेको र इमर्जेन्सीलाई पनि सुधार गर्न लागेको उहाँको भनाइ छ ।

त्यसैगरी ‘इमर्जेन्सी विधाको पठनपाठन, आइसीयूमा बेड बिस्तार गर्न जनशक्ति थप्ने पहल भइरहेको छ ।

दुई हजार जनशक्ति उत्पादन

सन् १९७६ मा स्थापना भएको आइएओमले हालसम्म चिकित्सा शिक्षातर्फ स्नातक, स्नातकोत्तरमा डिएम, एमसिएच तथा पिएचडीसम्मको अध्ययन गराउँदै आएको छ । स्थापन भएदेखि हालसम्म संस्थानले स्नातक तहका एबिबिएस, बिडिए, बिपिएच लगायत विभिन्न कार्यक्रम अन्तर्गत जम्मा २६ हजार १६३ जना र स्नातकोत्तर तथा विधावारिधि तहका चार हजार ९५६ स्वास्थ्य जनशक्ति उत्पादन गरिसकेको छ । यसैगरी, संस्थानसँग सम्बन्धन प्राप्त कलेजहरुबाट नौ हजार चार सय स्वास्थ्य सम्बन्धी जनशक्ति उत्पादन भइसकेको छ ।

जनशक्तिले देशभित्र र बाहिर रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य शिक्षण संस्थाहरुमा शिक्षा तथा सेवा पुर्याउँदै आएको डा शाहको बताउनुभयो । हरेक वर्ष विभिन्न विधा र तहका दुई हजार भन्दा बढी स्वास्थ्य सम्बन्धी जनशक्ति उत्पादन हुन्छन् । यसका साथै सार्क र अन्य मुलुकबाट पनि यहाँ स्वास्थ्य शिक्षा तथा सेवा लिन आउने डा शाहले जानकारी दिनुभयो । संस्थान अन्तर्गत महाराजगंज चिकित्सा क्याम्पस लगायत सात वटा आंगिक क्याम्पस, एक केन्द्रीय विभाग र १५ वटा सम्बन्धन प्राप्त कलेजहरु सञ्चालित छन् ।

यसैगरी, पठनपाठन र उपचार सेवा प्रवाहका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस एण्ड भाष्कुलर सेन्टर, बी. पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र तथा आयुर्वेद शिक्षण अस्पताल गरी चार वटा उपचार सम्बन्धी संस्थाहरु र निजी शिक्षण अस्पतालहरुले देशभरिनै सेवा पुर्याउँदै आएका छन् । संस्थान अन्तर्गत हाल ४६ ओटा शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter