• Sunday, April 13, 2025

बढ्दै कोरोना संक्रमण : ६० प्रतिशत बढी सङ्क्रमित उपत्यकामा

काठमाडौं असार २९ गते। काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशत भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ३१७५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यमा मात्रै कुल सङ्क्रमितमध्ये ६०.६७ अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो।

बुधबार थपिएका सङ्क्रमित मध्ये काठमाडौंमा एक सय, ललितपुरमा १८ र भक्तपुरमा सात जना छन्।

बुधबार देशभर सक्रिय सङक्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ।। जसमध्ये ६९४ जना मात्रै काठमाडौं उपत्यका भित्र रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७ भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter