• Sunday, April 13, 2025

वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, साउन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताउनुभएको छ । वीर अस्पतालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधिसहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’’

उहाँले वंशाणुगत रोगको विषयमा तथ्याङ्क राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निशुल्क हुँदै आएको र यसले बिरामीलाई राहत पुगेको पनि बताउनुभयो । वंशाणुगत रोगका सन्दर्भमा सरकारले निती योजना तर्जुमा गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपती प्रा.डा. देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter