• Sunday, April 13, 2025

स्वास्थ्य बीमा बन्द गरिएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं, साउन ४ गते । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

विगतमा सरकारले संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याएको बताउनुहुँदै उहाँले वर्तमान सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत स्वास्थ्य बीमालाई नियोजित षड्यन्त्र गरेको बताउनुभएको छ ।

बजेटको बुँदा नंं १५१ मा स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने, यसका लागि सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिने र स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।

एमालेले सरकारसँग बीमा सेवाप्रदायक कम्पनीबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न माग गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter