• Sunday, April 13, 2025

गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी

ललितपुर, साउन ६ गते। गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने सम्बन्धमा समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा शुक्रबार हस्ताक्षर भएको हो।

एनआरएनएले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ ।”

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवरले सरकार विदेशमा रहेको नेपाली श्रमिकप्रति संवेदनशील रहेको बताउनुभएको छ। सरकारले विदेशमा रहेका नेपाली कामदारको योगदानले मुलुकको समृद्धिमा ठूला योगदान पुर्याएको भन्दै उहाँले उनीहरुको सुरक्षा र हक अधिकारका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, निजी तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं विश्वभरबाट अनलाइन माध्यमबाट २०० भन्दा बढी गैरअवासीय नेपालीको सहभागिता रहेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter