‘सार्वजनिक निजी साझेदारीले विकासमा तीव्रता’

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सार्वजनिक निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रको विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

वल्र्ड एसोसिएसन अफ पब्लिक प्राइभेट पार्टनरसिप युनिट्स एन्ड प्रोफेसनल्स (वाप)का प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक निजी साझेदारीका परियोजनामा लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो ।

लगानी बोर्डले जारी गरेको विज्ञप्तिअनुसार नेपाल आएका वापका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री देउवासँग भेट गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्गजस्ता क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताउनुभएको बोर्डले जनाएको छ ।

भेटमा वापका अध्यक्ष हायेकले पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यतायुक्त परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने बताउनुभएको थियो । उहाँले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरी नेपालको दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने धारणा राख्नुुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पीपीपी तथा लगानीसम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीको विस्तार गर्ने प्रयासको उहाँले सराहना गर्नुभएको थियो ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा वापको सहयोग प्रशंसनीय रहँदै आएको धारणा राख्नुभयो ।

भट्टले लगानी बोर्डमार्फत ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब रुपियाँ लगानी स्वीकृत गरिसकेको जानकारी दिनुुभयो । उहाँले बोर्डको रणनीतिक योजनाअनुसार सन २०२५/२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter