• Sunday, April 06, 2025

अनुसन्धान ब्यूरोको ठहर; भ्रमण भिसाको दुरुपयोग बढ्यो

दीपा चाैधरी / काठमाडौं, साउन १२ गते। नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य खाडी मुलुक हुन्। यूएईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार भ्रमण भिसाको दुरुपयोग बढ्दै गएको छ। विदेश जाने सबै नेपाली चनाखो हुनुपर्ने उहाँको सुझाव छ।

उहाँका अनुसार नेपालबाट भ्रमण भिसामा विदेश जाने र त्यहाँबाट अरब देश सिरियामा जाने काम हुन्छ। “त्यहाँ एकदमै नरकीय जीवन बिताउन बाध्य हुनुपर्छ” उहाँले भन्नुभयो, “एउटा हाउसमेटको रुपमा काम गराइन्छ। जबकी कुवेत, ओमन लगायतका देशमा नेपाली महिलालाई जान अनुमति नै छैन।” त्यहाँ महिलालाई दलालले पठाउने गरेका छन्।

अपराध हुनुभन्दा हुनै नदिने कुरामा सचेत हुनु सबैको जिम्मेवारी भएको मल्लले बताउनुभयो। तर, घटना भइसकेपछि कानुनी कारबाही तथा पीडितको उद्धार गर्नुभन्दा अपराध हुनबाट जोगाउनु नै महत्त्वपूर्ण हुने भएकाले बेचबिखन तथा ओसारपसारमा पर्नुभन्दा अगाडि नै पीडितको खोजी तथा उद्धार गर्नुपर्ने हुन्छ।

“सरकारी मान्यता प्राप्त मेनपावरले पठाउनु पर्नेमा अरु मानिसले पठाउँदा मानिस विदेशमा अलपत्र पर्ने गरेका छन्, खाडी मुलुकमा महिला धेरै छन् भने यूरोपियन देशमा पुरुष छन् । यसरी अनुमान गर्दा यूएईमा मात्र भ्रमण भिसामा दशौँ हजार मानिस पुगेका छन्,” एसपी मल्लले भन्नुभयो, “यो एक महिनाको अवधिमा ५० जना नेपालीलाई विदेशबाट उद्धार गरेर ल्याएका छौँ, उद्धार गरेर ल्याइसकेपछि आफूलाई त्यहाँ लगेर कसले बेचेको हो, उसकाे विरुद्धमा जाहेरी नदिने बानीले अनुसन्धानमा ठूलो समस्या छ ।” त्यसले आश गरेअनुसार अनुसन्धानको काम नभएको एसपी मल्लको भनाइ छ ।

पीडितले पहिले विदेश जाँदा दलाललाई पैसा दिएका हुन्छन् । दलालले दिने विभिन्न धम्कीका कारण पीडितले उजूरी दिन नसकेकाे उहाँकाे भनाइ छ । “दलालको धम्कीले विदेशबाट फर्केकाहरुले उजूरी दिन मान्दैनन् । दलालले विभिन्न प्रलोभन देखाएर प्रभावित पार्ने गरेका छन्” , मल्लले भन्नुभयो, “त्यसरी आफू सुरक्षित हुने र फेरि अर्को ठाउँमा जाने चलन छ । आफू कुन च्यानलबाट विदेश जाँदैछु भन्ने थाहा पनि नहुने मानिस फस्ने गरेका छन् ।”

एसपी मल्ल यसका लागि सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरेर जनचेतना एवम् सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । मानव बेचबिखनको नयाँ–नयाँ स्वरुपलाई सामना गर्न दक्ष जनशक्ति तथा प्रविधिको विकास गर्न ब्यूराेले तालिम सञ्चालनलगायतको काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

एसपी मल्लका अनुसार न्याय दिने क्रममा कुनै किसिमको हानी, नोक्सानी, पीडा, धरपकड हँदैन । उद्धारका क्रममा पीडितको संरक्षण, अनुसन्धानका क्रममा साक्षीको संरक्षण, अदालती कारबाही वा सुनुवाइको क्रममा पीडितको संरक्षण र फैसला कार्यान्वयनपछि पीडित र साक्षीको संरक्षणलाई प्राथमिकतामा राखेर प्रहरीले काम गर्दै आएकाे उहाँकाे भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था सुरक्षा निकायबीच सूचना आदनप्रदान गरी समन्वयकारी भूमिका ब्यूराेले निर्वाह गर्छ । “उद्धार भएर आएका व्यक्तिको पुनः स्थापना मनोसामाजिक परामर्शलगायतको काम हामीले गरिरहेका छौँ”, एसपी मल्लले भन्नुभयो, “मानव बेचबिखन तथा ओसारपसारको चरित्र समय अनुसार फेरिएको छ । अपराधिक कार्य, विगतमा भएका मानव बेचबिखन तथा ओसारपसारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेर भावी रणनीति र योजना तयार गरेका छौँ ।”

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401

Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa

Counter:
Web Counter