स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको ध्यान गएन : अध्यक्ष ओली

काठमाडौं, साउन २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो ।

कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “स्वास्थ्य शिक्षालाई नै निषेध गर्नेगरी सरकार अगाडि बढिराखेको देखिन्छ । नेपाललाई मेडिकल एजुकेशनको हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हव बनाउनु पर्छ ।”

स्वास्थ्य तथा मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हब बन्न उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम गरिन नहुने उहाँले चर्चा गर्नुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा कृषि बजारको अभाव नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्छ ।”

अध्यक्ष ओलीले अन्नवालीको पनि नश्ल सुधार गर्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उत्पादकत्व बढाउदै देशलाई आत्मनिर्भर बनाउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो । कृषि उपज बढाउन माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter