दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा

काठमाडौं, भदौ ४ गते । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उहाँको छ ।

एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरिनुपर्छ ।

शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो । राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटक पटक दिनु हुँदैन उहाँले भन्नुभयो, “राजनीतिलाई दुश्मनीको रुपमा लिनेगरी अभिव्यक्ति दिनु हुन्न, दलहरुले आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गर्नुपर्छ, गालीगलौज होइन ।” एकअर्काप्रति दुश्मनी साँध्नेगरी नेताहरुको अभिव्यक्ति आउनु गलत भएको पनि उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरिनुपर्छ । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ ।’

महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको बताउनुभयो । जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter