निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने

काठमाडौं, भदौ १५ गते । बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ। महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो। समितिले सोधेका सबै प्रश्नको जवाफ बुधबार मात्र दिन नसकेपछि बिहीबारको बैठकमा थप जवाफ दिनु हुनेछ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो। बुधबार बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुग्नुभएको थियो।

गत फागुन १ गते सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बित हुनुभएको हो। महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ। प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ।

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभएको छ। महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको उहाँको आरोप छ। उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै आपत्ति जनाउनुभएको हो।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश जबराले महाअभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter