कागेश्वरी मनोहरा नगरपालिकाको १ सय दिन पूरा, सामाजिक विकासलाई मूख्य प्राथमिकता

काठमाडौं, भदौ २१ गते । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधीहरुले पदबहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरु नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ ।

सो अवसरमा नगरपालिकाले जनताको सेवामा १०० दिन पूरा गरेको छ । नगरपालिकाले सामाजिक विकाशलाई मुख्य प्राथमिकता निर्धारण गरी अगाडि बढेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिनुभयो । साथै नगरपालिकाले नगरपालिकाको समग्र विकास गर्न शिक्षा, स्वास्थ्य, खेलकूद, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलता र भौतिक पूर्वाधारको काम अगाडि बढाईएको मेयर कार्कीले बताउनुभयो ।

कागेश्वरी नगरपालिकाले गरेको कार्य प्रगति विवरण पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे लगायत वडाका वडा अध्यक्ष, सदस्यहरु तथा नगपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गर्नुभएको थियो । साथै नगरपालिकाले रोजगारीकोे निम्ति उद्यमशिलता कार्यक्रम, नगरपालिका क्षेत्रमा भएका कृषि, धार्मिक पर्यटनको क्षेत्रलाई व्यवस्थित तथा प्रवद्र्धनका योजना बारेमा जानकारी दिनुभएको थियो । साथै मेयर कार्कीले व्यवस्थित शहरी तथा शहरी सौन्दर्यकरण, फोहोरमैलाको व्यवस्थापन नदी क्षेत्रको संरक्षणलगायतका दिगो विकासका योजना तथा कार्यविवरण प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकालाई खेलकूद हबको रुपमा विकास गर्दै नगरपालिकलालाई खेलकूदमैत्री नगरपालिकाको अवधारणा अनुसार अगाडि बढ्ने जानकारी सो अवसरमा दिइएको थियो । नगरपालिका भित्रको सार्वजनिक जग्गा संरक्षणका साथै स्वास्थ्य बिमाका कार्यक्रम, कृषि कार्ड लगायतको व्यवस्थाबारेमा जानकारी दिनुभएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरुले पदबहालीको एक वर्ष योजना निर्माणको वर्षको रुपमा लिएको मेयर कार्कीले बताउनुभयो । नगरपालिका भित्र फोहोरमैला व्यवस्थापनको योजना र नगरपालिकाले अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरि अनुसन्धानको कार्य योजना रहेको जानकारी सो अवसरमा दिइएको थियो ।

नगर प्रमुख उपेन्द्र कार्कीले स्थानीय तहको निर्वाचनमा अमूल्य मत पाइ नगरपालिकाको समग्र बिकासको जिम्मेवारी पाएकोमा उक्त जिम्मेवारी कुशलतापूर्वक कर्तब्यनिष्ठ भइ पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

नगरपालिकाले लगायत सबै जनप्रतिनिधिहरुले गरेका महत्वपूर्ण काम तथा प्रयासहरुको गरेको यो हामी सबैको साझा काम भएको बताएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter