उखुको अनुदान रकम व्यवस्था, कृषकहरु खुशी

जनार्जन खत्री / सर्लाही, भदौ ३० गते । सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।

सरकारले उखु किसानको २२ करोड ९८ लाख रुपियाँ अनुदान रकम पठाएको कोलेनिका मलङ्गवाका प्रमुख जीवन पुरीले जानकारी दिनुभयो । बुधबार मात्रै कोलेनिकाको खातामा आएको अनुदान रकम असोज ६ गतेसम्म सबै किसानको खातामा पठाइ सक्नेगरी काम गरिरहेको पुरीले बताउनुभयो ।

गत वर्ष सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीनवटा चिनी उद्योगले १४ हजार ७४३ जना किसानको ३२ लाख ८३ हजार २६८ क्वीन्टल उखु क्रसिङ गरेका थिए । उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपियाँका दरले सरकारी अनुदान रकम प्राप्त भएको छ ।

कोलेनिकाको खातामा जम्मा भएको रकम जतिसक्दो चाँडो किसानको खातामा पठाउने कामका लागि कर्मचारी खटाइसकिएको कोलेनिकाका प्रमुख पुरीले बताउनुभयो । “दुई जना कर्मचारीलाई उखुको अनुदान मात्रै हेर्ने जिम्मा दिएका छौँ, चिनी मिलबाट किसानको नाम, ठेगाना अनि बैङ्क खाता माग्नेक्रम चलिरहेको छ” कोलेनिका प्रमुख पुरीले भन्नुभयो, “मिलले दिएको नामावली र खाता नम्वर ‘भेरिफाइ’ गरी असोज ६ गतेसम्म सबै किसानको खातामा पैंसा पठाइसक्छौँ ।”

पुरीका अनुसार महालक्ष्मी र अन्नपूर्णले किसानको विवरण उपलब्ध गराइसकेको छ । १० हजार बढी किसानले उखु बेचेका इन्दुशङ्कर चिनी मिलले भने किसानको विवरण उपलब्ध गराएको छैन् ।

आफूसँगको कुराकानीमा इन्दुशङ्करले पनि शुक्रबार बेलुकासम्म किसानको विवरण र खाता नम्वर उपलब्ध गराउने बताएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बिहीबार बसेको अनुदान रकम भुक्तानी समितिको बैठकले पनि सबै कागजात प्रमाणित गरेर अनुदान रकम तत्काल किसानको खातामा पठाउने निर्णय गरेको छ ।

सरकारले ढिलोगरी भए पनि अनुदान रकम पठाएपछि उखु किसान खुसी भएका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसान दशैँअघि नै अनुदान रकम पाउने आशमा बसेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter