• Tuesday, May 20, 2025

सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाको विषयमा छलफल

काठमाडौं, असोज ६ गते । निर्वाचन सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको हो।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – २०७९ सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक गर्दै नेपाली सेनाले जानकारी गराएको छ।

नेपाली सेनाका उच्च तहका अधिकृतको समेत सहभागिता रहेको छलफलमा समग्र सुरक्षा अवस्थाको समीक्षा भएको र आगामी निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे अन्तरक्रियात्मक छलफल भएको छ।

यसका साथै सबै सुरक्षा निकायका प्रमुखबीच आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter