• Monday, May 19, 2025

सूर्यबहादुर थापाको आत्मकथा युवा पुस्ताका लागि यादगार बन्ने प्रधानमन्त्रीको विश्वास

कठमाडौं, असोज ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन गर्न सफल भएको बताउनु भयो। उहाँले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन गर्न सफल हुनुभयो। उहाँको जीवनकालमा मुलुकमा धेरै सकारात्मक काम भए। मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो। नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गर्नुभएको पनि उल्लेख गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter