• Sunday, June 08, 2025

कांग्रेसमा देउवा पक्षसँग कोइराला पक्ष आक्रोशित

काठमाडौं, असोज ८ गते । नेपाली कांग्रेस संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । काठमाडौंमा शनिबार खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले आपत्ति जनाउनुभएको हो । निर्णय नच्याए पार्टीभित्र विद्रोह हुन सक्ने उहाँहरूले चेतावनी दिनुभयो ।

नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण हुनुपर्ने बताउनुभयो । न्यायोचित रूपमा टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । समानुपातिक तर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवासँग उहाँले माग गर्नुभयो ।

नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हरेर नबस्न सजग गराउनुभयो । उहाँले भन्नुभयो, ‘म हाम्रै समूहका पदाधिकारीलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईँहरूलाई पनि राम्रो हुनै छैन ।’

अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिनुभयो । पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने घोषणा गर्नुभयो । नेता शाहीले भन्नुभयो, ‘निर्वाचनमा टिकट पाइन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर नेताको दास भएर बस्दैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’

अर्का नेता बद्रीनरसिंह केसीले समानुपातिक तर्फको सूची पार्टी सभापति देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरू विद्राेह गरेर अघि बढ्न बाध्य हुने बताउनुभयो । देउवा पक्षले निर्वाचनको टिकट वितरणमा एकलौटी गरेको उहाँले आरोप लगाउनुभयो ।

नेता केसीले भन्नुभयो, ‘हामीलाई न्याय हुनुपर्‍यो । सभापति देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी भयो ।’ १६ गतेसम्म नसच्चिए त्यसको विकल्पमा आफूहरू अगाडि बढ्ने उहाँले जिकिर गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter